बैतडीःलक्षण मुक्त भइसकेपछि पुनःकोरोना परीक्षण नगरिने, स्वेच्छिक परिक्षण गराए शुल्क लाग्ने
बैतडी -जेठ १२/बैतडीमा कोरोना भाइरस संक्रमण निको भएकाहरुले पुनः पीसीआर गर्दा शुल्क तिर्नेुपर्ने भएको छ । जिल्ला अस्पताल बैतडीले बुधबार एक सूचना जारी गर्दै लक्षण मुक्त भएको कम्तिमा ३ दिन पुरा भएका कोरोना संक्रमितहरुको पुनः परिक्षण नगरिने र स्वेच्छिक रुपमा पुनः परीक्षण गर्नेले शुल्क तिर्नुे पर्ने जानकारी गराएको हो।
स्वेच्छिक रुपमा पुनः परिक्षण गर्नचाहेमा सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्युनतम शुल्क एक हजारको बिल काटेर मात्र परिक्षण गराउनु पर्ने बताइएको छ । लक्षण भएका व्यक्तीहरु तथा कन्ट्याक्ट टे्सिँगमा परेका नागरिकहरुको कोरोना परीक्षण निशुल्क हुने र लक्षण मुक्त भइसकेपछि पनि कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गरेमा सरकारी प्रयोगशालाहरुका लागि नेपाल सरकारले तोकेको न्युनतम शुल्क १ हजारको बिल काटेर गरान सकिने जानकारी गारिन्छ,ः जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीद्वारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ ।
फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र परीक्षण समाग्रीमा समेत अनावश्यक खर्च भएकाले कोरोनाको पुनः परीक्षणमा शुल्क लगाइएको डा जोशीले बताउनुभयो । १४ दिन सम्म लक्षण भएकाहरुले थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि कोरोना परीक्षण आवश्यक नरहेको डाक्टरहरुको भनाई छ ।