बैतडीमा एकै दिन १ सय ७९ जनाले कोरोना जिते, ३७ जनामा संक्रमण

बैतडी–जेठ ११/ बैतडीमा एकै दिन १ सय ७९ जनाले कोरोना जितेका छन् । मंगलबार बिभिन्न स्थानिय तहका १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै मंगलबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकाका २०, दशरथचन्द नगरपालिकाका ७, पञ्चेश्वरका गाउँपालिकाका ५, पाटन नगरपालिकाका ३, शिवनाथ गाउँपालिकाका र सिगास गाउँपालिकाका १÷१ जना रहेका छन् । १ सय ७९ जना संक्रमणमुक्त भएसंगै अब बैतडीमा ७ सय मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी दरशथचन्द नगरपालिकामा २ सय १२, सिगास गाउँपालिकामा १ सय २ पाटन नगरपालिकामा १ सय २६, शिवनाथ गाउँपालिकामा १०, मेलौली नगरपालिकामा ६८, पुर्चौडी नगरपालिकामा २८, सुर्नया गाउँपालिकामा ५४ जना र डिलाशैनी गाउँपालिकामा ३८ जना सक्रिय संक्रमित छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा १९ जना र दोगडाकेदार गाउँपालिकामा २५ जना गरी हाल जिल्लामा ७ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.