१४ औ गणतन्त्र दिवस बैतडीमा पनी बिभिन्न कार्यक्रम गरी मनाईने

जनक साउँद –बैतडी–जेठ ११/ १४ औ गणतन्त्र दिवस बैतडीमा पनी बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ । बिगतका बर्ष जस्तै यो बर्ष पनी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने सन्र्दभमा मुल समारोहका अध्यक्ष केपी शर्मा वलीको अध्यक्षतामा बसको बैठकले बिभिन्न कार्यक्रम गरी दिवस मनाउन गरेको निर्णय बमोजिम बैतडीमा पनी दिवस मनाईने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । कार्यालयले मगंलबार बिभिन्न जिल्ला स्थित बिभिन्न संघसंस्थाहरुलाई पत्राचार गर्दै दिवस मनाउन अनुरोध गरेको छ ।

   दिवसका अवसरमा जिल्ला स्थित सबै सरकारी तथा सार्बजनिक कार्यालय एबंम सामुदायीक संस्थाहरुलाई राष्ट्रिय झण्डा एबंम ब्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्न, जिल्ला भित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको सरसफाई सहित सौन्र्दर्यीकरण अभिबृद्धि गर्न र जिल्लाका सबै सरकारी तथा सार्बजनिक निकायका कार्यालय र सार्बजनिक महत्वका सम्भाव्य स्थलहरुमा दीप प्रज्वलन गर्न तथा जिल्लावासी नागरिकहरुका घर–घरमा साझँ दिपावली गर्न अनुराध गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभएको छ ।

    बिगतका बर्षहरुमा बिभिन्न औपचारिक कार्यक्रम गरी दिवस मनाउने गरिएको भए पनि यस बर्ष कोरोना महामारीका कारण औपचारिक कार्यक्रम नहुने भएका छन् । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा प्रत्येक बर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो ।

    जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.