बैतडीः थप ५२ जनामा कोरोना पुष्टि, १९ संक्रमण मुक्त
बैतडी- जेठ १०/ सोमबार बैतडीका थप ५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीले दिएकाे जानकारी अनुसार सोमबार डिलाशैनी गाउँपालिकाका २२, दशरथचन्द नगरपालिकाका १६, पाटन नगरपालिकाका ७, सुर्नया गाउँपालिकाका ५ जना,मेलौली नगरपालिकाका दुइ जना गरि थप थप ५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै झुलाघाट नाकामा रहेको हेल्थ डेस्कमा चेकजाँच गर्दा बझाङको एक जनामा पनि कोरोना देखिएको छ । उनि केदारस्यु गाउँपालिकाका रहेका बताइएको छ ।
सोमबार थप ५३ जना कोरोना बिरामी थपिए संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ४२ जना पुगेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लामा सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ३ सय ६९ जना, पाटन नगरपालिकामा १ सय २३ जना, सिगास गाउँपालिकामा १ सय १ जना, मेलौली नगरपालिकामा ५४ जना र सुर्नया गाउँपालिकामा ५४ जना रहेका छन् ।
यस्तै डिलाशैनी गाउँपालिकामा ३८ जना, पुर्चौंडी नगरपालिकामा २८ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना र शिवनाथ गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा सोमबार १९ संक्रमण मुक्त भएका छन् । १९ जना कोरोना जितेर संक्रमण मुक्त भएका हुन् ।बैतडीमा कोरोना संक्रमण मुक्त हुनेको सङख्यापनि बढ्दै गएको छ ।