राष्ट्रिय स्वयम सेवक नेपालद्वारा विपन्न परिवारलाई राहात वितरण

बैतडी–जेठ १०/ राष्ट्रिय स्वयम सेवक नेपाल नामक संस्थाले विपन्न परिवारलाई राहात वितरण गरेको छ । संस्थाले आज बैतडीको दशरथचन्द नगरपालिका– ४ को भुल्यौडा र शाहीलेक टोलका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।अपाङ्गता भएका, बृद्ध, एकल महिला र रोगले ग्रसित भई साहारा बिहिन भएका परिवारलाई राहात वितरण गरेको संस्थाका अध्यक्ष सन्दीप सिह ठगुन्नाले बताउनुभयो । आज संस्थाका स्थानीय सहजकर्ता लोकेश सिह ठगुन्ना मार्फत यहाँका अति विपन्न परिवारलाई राहत वितरण गरेका हो । प्रति परिवार २० केजि चामल, ४ केजि दाल, १ प्याकेट तेल र १ प्याकेट नुन वितरण गरेको सहजकर्ता ठगुन्नाले बताउनुभयो । कोभिड–१९ का कारण गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गुमाएका र अशक्त १२ परिवारलाई राहात वितरण गरिएको हो । साथै संस्थाले आजै काठमाण्डौँ, भक्तपुर र ललितपुरका अति विपन्न परिवारलाई पनि राहात वितरण गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो । समस्यामा परेका परिवारलाई अझै पनि राहात वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.