बैतडीका १७ बर्षिय किशोर कञ्चनपुरबाट बेपत्ता

बैतडी–जेठ १०/ बैतडीका एक किशोर कञ्चनपुरबाट बेपत्ता भएका छन् । केही दिन अगाडी आफन्तको विबाहका लागी कञ्चनपुर गएका शिवनाथ गाउँपालिका सोल्पालाका १७ वर्षीय नवीन महता वेपत्ता भएका हुन । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकास्थित दैजीबाट तिन दिन देखि उनी वेपत्ता रहेको आफन्तले बताएका छन्। उनको मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ। उनी दैजीबाट मझगाउँतिर गएको बताइएको छ। भेटाउनेले नजिकको प्रहरी चौकी र ९८६२२६७६५७ नम्बरमा सम्पर्क गरिदन आफन्तले आग्रह गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.