सहिद दशरथचन्द स्मृति प्रतिष्ठानद्धारा स्वास्थ्य कार्यालयलाई एम्बुलेन्स उपलब्ध
बैतडी–जेठ १०/ सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले स्वास्थ्य कार्यालयलाई एम्बुलेन्स उपलब्ध गराएको छ । नयाँ भेरियन्ट सहितका कोरोनाका बिरामीहरु बढ्दै गए पछि ब्यबस्थापनमा सहज होस भनेर आफुले सञ्चालन गर्दै आएको एम्बुलेन्स स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दले जानकारी दिनुभएको छ । कोरोनाको सिरियस केसहरु बढ्दै गए पछि स्वास्थ्य कार्यालयले गरेको अनुरोध बमोजिम एम्बुलेन्स उपलब्ध गराएको उहाँको भनाई छ । अहिले महामारीको समयमा मात्र स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने र पछि फिर्ता हुने गरि एम्बुलेन्स उपलब्ध गराईएको जनाईएको छ ।