बैतडीमा निषेधाज्ञामा सरोकारवालाको बजार अनुगमन

गोर्कण बोहरा–बैतडी–जेठ १०/ बैतडीमा सरोकारवालाहरुले निषेधाज्ञामा बजार अनुगमन गर्न थालेका छन । नागरिक स्तरबाट बिभिन्न गुनासाहरु आउन थाले पछि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी र सम्बन्धित जनप्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन गर्न थालेका हुन । अहिले कोरोना भाईरस कोभिड १९ को नियन्त्रणका लागी बैतडीमा गरिएको निषेधाज्ञाका कारण बिहान २ घण्टा मात्रै खाद्यान्नका पसलहरु खुल्ने गरेका छन ।

   अनुगमनका क्रममा निषेधाज्ञाको मौका छोपी ब्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धि गरी बिक्रि गर्ने, लेवल नभएका र म्याद नाघेका बस्तु बिक्रि गर्ने गरेको पाईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्ण दत्त लेखकले जानकारी दिनुभयो ।“ लकडाउनको समयमा सबै बजार अनुगमन गर्न सकिने अबस्था छैन, जुन ठाउँबाट गुनासो आउछ त्यहाँ गएर हाम्रो टोलीले अनुगमन गर्छ ।” उहाँले भन्नुभयो । टोलीले आईतबार दशरथचन्द नगरपालिका वडा नम्बर २ को देहीमाण्डौ बजार अनुगमन गरेको छ । देहीमाण्डौ बजारमा पनी ब्यापारीहरुले सामानको मुल्यबृद्धि गरी बिक्री गर्ने गरेको पाईएको लेखकले बताउनुभयो । बिभिन्न बहाना बनाएर प्रिन्टरेट भन्दा बढी लिने गरेको बुझिएको छ । “ब्यापारीहरुले अहिले सामानको भाउ बढेको छ भनेर टार्न खाजे तर बिल देखाउनुस भन्दा कसैले पनी देखाउन मानेनन् । लेखकले भन्नुभयो ।

     देहीमाण्डौ बजार क्षेत्रका बिभिन्न ३ वटा पसलहरुमा दैनिक मुल्य सुची नराखिएको, कारोबार गर्दा सामाजिक दुरी कायम नगरिएको र मुल्यबृद्धि गरी बिक्रि गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभयो । अनुगमन पश्चात ब्यापारीहरुलाई सुधारका लागी निर्देशन समेत दिईएको उहाँको भनाई छ । म्याद नाघेका सामान बिक्रि नगर्न, सामाजिक दुरी कायम गरी बिक्रि गर्न, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र पसलको सरसफाईमा बिशेष ध्यान दिन निर्देशन दिईएको हो । ब्यापारीहरुले महामारीको समयमा सर्जिकल मास्कको समेत मुल्यबृद्धि गरी बिक्रि गर्ने गरेका पाईएको छ । यस अगाडी टोलीले सतबाजँ, गुरुखोला र मुस्याचोर बजारमा पनी अनुगमन गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.