बैतडीमा कोरोना संक्रमणमुक्त हुने दर बढ्दै, आईतबार १ सय १२ जनाले कोरोना जिते

बैतडी–जेठ ०९/ बैतडीमा कोरोना संक्रमणमुक्त हुने दर बढ्दै गएको छ । केहि दिन यता संक्रमण मुक्त हुनेको संख्या उकालो लाग्दै गएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । आज एकै दिन बैतडीमा १ सय १२ जना संक्रमणमुक्त भएका छन् । बिभिन्न स्थानिय तहका गरी पछिल्लो २४ घण्टामा १ सय १२ जनाले कोरोना जितेका हुन् । यस्तै आइतबार जिल्लामा थप ११ जना संक्रमितहरु थपिएका छन् । जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरीएको परीक्षणमा पाटन नगरपालिकाका ७ जना र पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका २÷२ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । अहिले जिल्लामा कोरोनाका सक्रिय संक्रमित ८ सय ८ जना रहेका छन् । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३ सय ६३ जना, पाटन नगरपालिकामा १ सय १६ जना, सिगास गाउँपालिकामा १सय १ जना, मेलौली नगरपालिकामा र सुर्नया गाउँपालिकामा समान ५२÷ ५२ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी पुर्चौंडी नगरपालिकामा २९ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा १७ जना र शिवनाथ गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.