बैतडीका कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

बैतडी–जेठ ०९/ बैतडीका कोरोना संक्रमणका कारण थप १ जना पुरुषको मृत्यु भएको छ । संक्रमणका कारण पाटन नगरपालिका ८ का अन्दाजी ३५ बर्षिय पुरुषको मृत्यु भएको हो । गत बैशाख २१ गते कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या आए पछि डडेल्धुरा अस्पतालमा अक्सिजनको सर्पोटमा उपचार गराई रहेका उनको आईतबार बिहान  मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । यो संगै जिल्लामा कोरोना भाईरसको दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । कोरोनाको पहिलो लहरमा बैतडीमा २ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.