निषेधाज्ञाको मौका छोपी दैनिक उपभोग्य समानको मुल्यबृद्धि

जनक साउद–बैतडी–जेठ ०८/  निषेधाज्ञाको समयमा बैतडीका ब्यापारीहरुको मनोमानी चल्ने गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को नियन्त्रणका लागी अहिले जिल्लामा गरिएको निषेधाज्ञाको मौका छोपी यहाँका ब्यापारीहरुले दैनिक उपभोग्यका सामाग्रीहरु मनोमानी ढंगले बिक्रि गर्न थालेका छन । जिल्लाका अधिकासं ठाँउमा दैनिक उपभोग्य सामग्रीको भाउ आकासिएको नागरिकहरुले गुनासो गर्न थालेका छन । अहिले हरेक सामाग्रीको मुल्यबृद्धि भएकोले आफुहरु मारमा परेको उनीहरुको भनाई छ ।

     पहिले ३२ सय पर्ने एक क्वीन्टल चामलको अहिले ब्यापारीहरुले ५५ सयसम्म लिने गरेको पुर्चौडी नगरपालिका १० महरागाउँका सुनिल महराले गुनासो गर्नुभयो । गाउँ तिरका ब्यापारीहरुले लकडाउनको मौका छोपी मुल्यबृद्धि गरी सामान बिक्रि गर्दा उपभोक्ताहरु मारमा परेको उनको भनाई छ । निषेधाज्ञा अगाडी १६ रुपैया प्याकेट पर्ने आयोडिन नुनको अहिले २५ रुपैया तिर्नु परेको उनले दुखेसो पोखे ।

    ब्यापारीहरुले पहिले नै ल्याएर गोदाममा राखेका सामानहरुमा मृल्यबृद्धि गरेका हुन् । हरेक सामान ब्यापारीहरुले महंगो बिक्रि गरिरहेको भए पनि नियमनकारी निकाय मौन रहेको नागरिकहरुले आरोप लगाएका छन । यता जिल्ला प्रशासन कार्यालय बैतडीले बजारमा ब्यापारीहरुले मनपरी मुल्यबृद्धि गरिरहेको गुनासो आएकोले अनुगमन तथा नियमन गर्न यस अगाडी नै स्थानिय तहहरुलाई निर्देशन दिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.