एकै दिन बैतडीका ५३ जनाले कोरोना जिते, १७ जना संक्रमित थपिए
बैतडी–जेठ ०८/ शनिबार एकै दिन बैतडीका ५३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ५३ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका हुन् । यस्तै १७ जना संक्रमितहरु थपिएका छन । जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ५ जना, पाटन नगरपालिकाका ४ जना, दोगडाकेदार गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका २÷२ जना र सिगास गाउँपालिकाका १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा सुर्नया गाउँपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ९ सय १० जना सक्रिय संक्रमित रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३ सय ६४, पाटन नगरपालिकामा २ सय १७, सिगास गाउँपालिकामा १ सय १ , मेलौली नगरपालिकामा ५० जना र सुर्नया गाउँपालिकामा ५२ जना सक्रिय संक्रमित रहेका छन । यस्तै पुर्चौडी नगरपालिकामा २९ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा १८ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना र शिबनाथ गाउँपालिकामा १३ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।