कोरोना महामारीमा भारतको बेंग्लोरमा समाजसेवा गर्दै अभियान्ता क्षेत्री र शर्मा
जनक साउद–बैतडी–जेठ ०८/ भारतमा नयाँ भेरियन्ट सहित कोरोनाको दोस्रो लहर शुरु भए यता रोजगारीको शिलशिलामा भारतका बिभिन्न सहरमा रहेका नेपालीहरु धमाधम घर फर्किए । कोरोनाले भयावह रुप लिदा काम गर्दै आएका कम्पनीहरु बन्द भए पछि नेपालीहरु स्वदेश फर्किएका छन् । तर घर आउन चाहेर पनी कतिपयले भने आउन पाएका छैनन् । अहिले पनी भारतमा कडा निषेधाज्ञा जारी छ । जसका कारण कयौ नेपालीहरु समस्यामा छन् । कम्पनी बन्द भएर रोजगारी गुमाएर बस्नु पर्दा खानकै लागी पनी समस्या भएको छ । तर भारतको बेंग्लोर राज्यमा भने यस्तो समस्यामा रहेका आप्रबासी नेपालीहरुलाई सहयोग गर्नको लागी एक नेपाली अभियान्ताहरुको टिम तैनाथ अवस्थामा छ ।
नेपालको काठ्माण्डौ घर भई लामो समयदेखि बेंग्लोरमा बसेर आप्रबासी नेपालीहरुको लागी बिभिन्न अभियान सञ्चालन गर्दै आएकी अभियान्ता बिनिता शर्मा र बैतडीको डिलाशैनी गाउँपालिका ७ तेलीगाउँ घर भएका अभियान्ता सागर क्षेत्रीले बिरानो भुमीमा “नेपालीको सहयोगका लागी नेपाली, संकटको घडीमा आफु बचौ र अरुलाई बचाऔ ” भन्ने उदेश्यले अभियान सञ्चालन गरेका छन । अभियान अन्र्तगत बेंग्लोर राज्य भित्र बिभिन्न कम्पनी तथा होटलमा कार्यरत नेपालीहरु काम बन्द भएर समस्यामा रहेका बेला रासन बितरण गर्न लागिएको छ । “ कोरोनाका कारण होटल तथा कम्पनी बन्द भएर संयौ नेपालीहरु बेरोजगार भएर बसेका छन । कसै कसैको कम्पनीले काम गरेको तलब पनी दिएको छैन । उनीहरुलाई खानाकै पनी समस्या भए पछि हामीले ब्यक्तिगत लगानीमा रासन बितरण गरिरहेका छौ ।” अभियान्ता क्षेत्रीले भने ।
अभियान्ता बिनिता शर्मा र आफुले ब्यक्तिगत लगानीमै अहिलेसम्म ३८ आप्रबासी परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न सामाग्रीहरु बितरण गरेको क्षेत्रीको भनाई छ । उनीहरुको टिम अहिले बेंग्लोरमा समस्यामा परेका नेपालीहरु खोज्दै हिडेको छ । बेंलोर राज्य भित्र समस्यामा रहेका आप्रबासी नेपालीहरुले आफुहरुको टिमलाई सहयोगका लागी सम्र्पक गरेमा खाद्यन्न बोकेर उनीहरुको डेरासम्मै पुगाउने गरेको क्षेत्रीले बताए । अभियान हन्र्तगत अभियान्ता अमित पन्त र प्रकाश धामीले समस्यामा परेका नेपालीको घरसम्मै खाद्यन्न ढुवानी गर्ने गरेका छन् ।
यस्तै कोरोना महामारीको समयमा उनीहरुले बिभिन्न स्वास्थ्य सामाग्रीहरु पनी बितरण गरिरहेका छन । बेंग्लोर राज्य भित्रमा १ हजार बढीलाई मास्क बितरण गरिसकेको बताईएको छ । मास्कको अभाब रहेका अन्य ठाउँमा पनी मास्क पठाएर नेपालीहरु मार्फत नै बितरण गर्ने गरिएको छ । यस्तै बेंग्लोरमा आर्थिक अभावका कारण कुनै नेपाली उपचारबाट बञ्चित भएको भए पनि आफुहरुले सहयोग गर्ने अभियान्ताहरुले बताएका छन् ।
तपाँई पनी बेंलोर राज्य भित्र समस्यामा पर्नु भएको छ भने सम्झनुहोस । अभियान्ता सागर क्षेत्री ९०६६९०३४६३ र बिनिता शर्मा ८९०४१६९७०२