बैतडीमा कोरोनका कारण थप एक पुरुषको मृत्यु

बैतडी–जेठ ०८ / बैतडीको कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ११ का ६० बर्षिय पुरुष रहेका छन । स्वास्थ्यमा समस्या देखिए पछि शनिबार बिहानै जिल्ला अस्पताल बैतडीमा भर्ना भएका उनको भर्ना भएको केहीबेर मै मृत्यु भएको अस्पतालले जनाएको छ । आजै एन्टीजेन बिधिबाट गरिएको परक्षिणमा उनमा कोरोना पुष्टि भएको हो । यो संगै कोरोनाको दोस्रो लहर शुरु भए यता ज्यान गुमाएको संख्या १२ पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.