पाटनका ८९ सहित बैतडीका थप ९५ जनामा कोरोना पुष्टि, १८ जना निको

बैतडी–जेठ ०७ / पाटन नगरपालिकाका ८९ सहित शुक्रबार बैतडीका थप ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्ला अस्पताल बैतडीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ८९ जना र पुर्चौडी नगरपालिकाका ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा सिगास गाउँपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको हो । यस्तै शुक्रबार बैतडीका १८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमित ९ सय ४४ जना रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.