निषेधाज्ञाको समयमा आबश्यक सहयोग र समन्वय गर्न प्रशासनको अनुरोध
बैतडी–जेठ ०६ / जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञाको समयमा आबश्यक सहयोग र समन्वय गर्न जिल्लाका बिभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । बिहिबार एक सुचना जारी गर्दै दोस्रो चरणमा जारी गरिएको निषेधाज्ञा अवधि भर यात्रा नगर्न÷नगराउन सम्बन्धि सवारी भनी र सर्ब साधारण नागरिकहरुलाई जानकारी गराउन, अत्याबश्यक बाहेकका कामका लागी जिल्लामा प्रबेशका लागी अनुमति नदिन र जिल्ला प्रबेश गर्ने नागरिकहरुलाई कम्तिमा १० दिन होम क्वारेन्टिनमा राख्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । साथै दिईएका कुनै पनी अनुमतीहरुको बिबरण जिल्ला प्रशासन कार्यालयमा बुझाउन पनी आग्रह गरिएको छ ।पहिलो चरणको निषेधाज्ञा सकिए लगत्तै जेठ २ गते राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागी दोस्रो चरणको निषेधाज्ञा जारी छ । जिल्लाका १० वटै स्थानिय तह, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ५१ नम्बर हेड क्वाटर, हनुमान ध्वज गुल्म, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला अस्पताल बैतडीलाई र स्वास्थ्य कार्यालय बैतडीलाई पत्र मार्फत बोधार्थ गरिएको छ ।