बैतडीका कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको डडेल्धुरामा मृत्यु
बैतडी–जेठ ०६ / बैतडीका एक जना कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला अस्पताल बैतडीमा कार्यरत ४५ बर्षिय स्वास्थ्यकर्मीको डडेल्धुरा अस्पतालमा उपचारारत क्रममा मृत्यु भएको हो । दशरथचन्द नगरपालिका ४ घर भएका उनलाई केही दिन अगाडी मात्रै डडेल्धुरा रेफर गरिएको थियो । डडेल्धुरा अस्पतालको सघन उपचार कक्षामा उपचारारत उनको बिहिबार दिउसो मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । यो संगै बैतडीमा कोरोनाको दोस्रो लहर शुरु भए यता ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।