बुधबार बैतडीमा ३४ संक्रमित थपिए, १२ जना संक्रमण मुक्त

बैतडी–जेठ ०५ / बुधबार बैतडीमा थप ३४ जना कोरोना भाईरसका संक्रमितहरु थपिएका छन । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पिसिआर बिधिबाट गरिएको परीक्षणमा ३१ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिकाका १२÷१२ जना, पाटन नगरपालिकाका र सिगास गाउँपालिकाका ३÷३ जना र सुर्नया गाउँपालिकाका १ जना रहेका छन । एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा पाटन नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यो संगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ९८ पुगेको छ । यस्तै बुधबार बैतडीका थप १२ जना संक्रमणमुक्त भएका छन । जिल्ला भरि ४ सय आईसोलेशन बेड रहेकोमा १ सय ७७ जना संक्रमित मात्र आईसोलेशनमा रहेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.