महिला नेत्री चन्दले १२ खाली सिलिण्डरमा अक्सिजन भरेर जिल्ला अस्पताललाई दिईन

गोर्कण बोहरा–बैतडी–जेठ ०५/  नेपाल महिला संघकी केन्द्रिय सदस्य कान्ता चन्दले १२ वटा खाली सिलिण्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल बैतडीलाई उपलब्ध गराएकी छन् । अस्पतलाबाट ११ वटा ठुलो र एउटा सानो सिलिण्डर लगेर धनगढीबाट ब्यक्तिगत लगानीमा अक्सिजन भरेर अस्पताललाई अपलब्ध गराएकी हुन । बैतडीमा पनी नयाँ भेरियन्ट सहितका कोरोना संक्रमितहरु थपिदै गएको र अक्सिजनको चरम अभाव भई संक्रमितको उपचारमा समस्या भएको अवस्थामा चन्दले अक्सिजन भरेर अस्पतलाई दिएकी हुन ।

No description available.

    यस्तै नेपाल परिवार नियोजन संघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी चन्दले अन्य स्वास्थ्य सामाग्रीहरु पनी जिल्ला अस्पताललाई उपलब्ध गराएकी छन् । कोरोना बिरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीको लागी १५ थान पिपिई सेट र २५ सय थान सर्जिकल मास्क अस्पताललाई उपलब्ध गराएको चन्दले बताईन । देशभरि नै अक्सिजनको अभाव सिर्जना भई संक्रमितहरुले ज्यान गुमाई रहेको अवस्थामा चन्दले ब्यक्तिगत लगानीमा गरेको सहयोगको अस्पतालले प्रसंसा गरेको छ । मानविय संकटको घडीमा चन्दले गरेको यो सहयोगले बिरामीको ज्यान जोगाउन अस्पताललाई धेरै हदसम्म सहयोग पुग्ने भन्दै जिल्ला अस्पताल बैतडीले धन्यबाद ब्यक्त गरेको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.