पुर्चौडी नगरपालिकाद्धारा स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपी मेसिन हस्तान्तरण

बैतडी–जेठ ०४ / बैतडीको पुर्चौडी नगरपालिकाले बिजयपुर स्वास्थ्य चौकीलाई ल्यापटप र फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । मगंलबार नगरपालिकाको वडा नम्बर १० मा रहेको उक्त स्वास्थ्य चौकीलाई नगरउपप्रमुख जानकी ऐर बमले सोही वडाको कठपते नगर स्वास्थ्य केन्द्रमा पुगेर ल्यापटप र फोटोकपी मेसिन हस्तान्तरण गरेकी हुन । स्वास्थ्य चौकीको प्रशासनिक काममा सहज होस भन्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको बताईएको छ । यस्तै वडा नम्बर १० मै रहेको कठपते नगरस्वास्थ्य केन्द्र र बिजयपुर स्वास्थ्य चौकीको लागी अत्याबश्यक औषधी समेत उपउपप्रमुख बलमे वडामै पु¥याएर हस्तान्तरण गरेको स्वास्थ्य चौकीका सिनियर अहेब राम बहादुर महराले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.