बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागी संघिय सरकारबाट डेढ करोड बिनियोजन

जनक साउद–बैतडी–जेठ ०४/ जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागी १ करोड ५० लाख बजेट बिनियोजन भएको छ । बैतडीबाट निर्बाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको पहलमा अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएको हो । बजेट बिनियोजन पश्चात भण्डारीले रेडियो बैतडीसंग संक्षिप्त कुरा गर्दै बजेट छिट्टै कार्यान्वयमा जाने बताउनुभयो । बैतडीबासीको जीवन रक्षाको लागी आफु प्रतिबद्ध रहेको बताउदै भण्डारीले महामारीको यो समयमा सबै सचेत रहन आग्रह गर्नुभएको छ । कोरोनाको अन्त्यका लागी राज्य पक्षबाट मात्रे सम्भव नहुने भएकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने उहाँको भनाई छ । नयाँ भेरियन्ट सहितका कोरोना संक्रमतिहरु थपिदै गए पछि अहिले जिल्ला अस्पताल बैतडीमा कोरोना संक्रमितको उपचारका लागी अक्सिजनको चरम अभाव रहेको छ । यस अघि सुदुरपशिचम प्रदेश सरकारले पनी अक्सिजन प्लान्ट स्थापनाका लागी जिल्ला अस्पताल बैतडीलाई ८० लाख उपलब्ध गराएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.