बैतडीमा मगंलबार ७९ जना कोरोना संक्रमीत थपिए, ७३ जना संक्रमण मुक्त

बैतडी–जेठ ०४/ बैतडीमा थप ७९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पिसिआर बिधिबाट गरिएको परीक्षणमा शिगास गाउँपालिकाका ५२ जना सहित ७९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै दशरथचन्द नगरपालिकाका २७ जनामा पनी कोरोनको संक्रमण देखिएको छ । यो संगै बैतडीमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या ८ सय ७६ पुगेको छ ।

  सक्रिय संक्रमितहरुमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३ सय ६८ जना रहेका छन । यस्तै पाटन नगरपालिकामा १ सय ७२ जना, शिगास गाउँपालिकामा १ सय २ जना, मेलोली नगरपालिकामा ५० जना, सुर्नया गाउँपालिकामा ४६ जना र दोगडाकेदार गाउँपालिकामा ३३ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन ।

  जिल्लाको शिवनाथ गाउँपालिकामा ३० जना, पञ्चेश्वर गाउँपालिकामा २४ जना, पुर्चौडी नगरपालिकामा १९ जना र सबैभन्दा कम डिलाशैनी गाउँपालिकामा १६ जना रहेका छन । यस्तै जिल्लामा कोरोना जित्नेहरुको संख्या पनी बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

   यसैबिच बैतडीमा ८ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित मध्ये १ सय ८२ जना मात्रै संस्थागत आईसोलेशनमा बसेको पाईएको छ । जिल्लाभर ३ सय ९० बेड तयारी अवस्थामा रहे पनी संक्रमितहरु बस्न नमान्ने गरेको स्थानिय तहहरुले बताएका छन । संक्रमण पुष्टि भई सकेपछि पनी संक्रमितहरुले होम आईसोलेशनमै बस्न रुचाउँने गरेको र सावधानि नअपनाउने गरेकोले समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिदै गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.