सुख्खा फलफूल विकास केन्द्र सतबाँजद्धारा ५६ हजार बिरुवा बिक्रि बितरण

जनक साउद–बैतडी–जेठ ०४/ सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्रि बितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिरुवा बिक्रि बितरण गरिएको हो । हिउँदे फलफुलका बिरुवाहरु अन्तर्गत सबैभन्दा बढी दाँते बिजु ओखरका ३७ हजार , दाँते कलमी ओखरका १ हजार, स्याउँका ५ हजार ६ सय, नास्पातीका १ हजार ७ सय र आरुका २ हजार ६ सय बिरुवा बिक्रि गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिनुभएको छ ।

   यस्तै आरु बखडाका ३ हजार सय कागती बदामका ९ सय र खुपार्नीका ३ हजार ५ सय बढी बिरुवा बिक्रि गरिएको उहाँले बताउनुभयो । उक्त बिरुवाहरु कञ्चनपुर बाहेक सुदुरपश्चिम प्रदेशका अन्य जिल्ला सहित देशका बिभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र, स्थानिय तह र कृषक समुह तथा कृषि सहकारीहरुले खरिद गरेको बताईएको छ । सुदुरपश्चिम प्रदेशमा ६० प्रतिशत र प्रदेश बाहिर ४० प्रतिशत बिरुवा खपत गरिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले जानकारी दिएको छ । सबैभन्दा बढी कृषि ज्ञान केन्द्र बझाङले १४ हजार बिरुवा खरिद गरेको छ ।

     यस्तै कृषि ज्ञान केन्द्र बैतडीले पनी ११ हजार बिरुवा खरिद गरेको केन्द्रका प्रमुख भाटको भनाई छ । यसै बिच ५६ हजारको हाराहारीमा हिउंदे फलफुलका बिरुवा बिक्रि गरी २७ लाख राजश्व संकलन गरिएको छ । गत आर्थिक बर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व संकलन गरेको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.