सोमबार बैतडीका ५५ जनाले कोरोना जिते, १० जनामा संक्रमण पुष्टि
बैतडी जेठ ३/ सोमबार बैतडीका ५५ जनाले कोरोना जितेका छन् । सोमबार बैतडीका थप ५५ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै १० जनामा कोरोना पुष्टि भएको छ । सोमबार पिसिआर विधिबाट परीक्षण गर्दा २ जना र एन्टीजेनबाट परीक्षण गार्दा ८ गरि थप १० जनामा कोरोना पुष्टि भएको हो । पिसिआर गर्दा संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका २ जना रहेका छन् भने एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा सुर्नया गाउँपालिकाका ८ जना छन् । अब बैतडीमा सक्रिय कोरोना संक्रमित ८ सय ७० जना छन् । सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा ३ सय ६५ रहेका छन् । यस्तै पाटन नगरपालिकामा २ सय ११ जना , मैलौलीमा ५४ , पुर्चौडी नगरपालिकामा २४ , दोगडाकेदार गाउँपालिकामा ३३ , सिगास गाउँपालिकामा ५०, शिवनाथ गाउँपालिकामा ३०, सुर्नयामा ४६ , डिलाशैनीमा गाउँपालिकामा १७ जना र पञ्चेश्वर गाउँपालिकामा २४ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् ।