बैतडीका थप आठ जनामा कोराना संक्रमण पुष्टि

डी आर भट्ट,भदौ ३० / बैतडीका थप आठ जनामा कोराना संक्रमण पुष्टि भएको छ । मँगलबार डडेल्धुराको पिसीआर प्रयोगशालमा गरिएको परीक्षणमा जिल्लाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।  दशरथचन्द नगरपालिकाका  ६ जना र डिलाशैनि गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीले जानकारिदिनुभएको छ ।

दशरथचन्द नगरपालिका वडा नं ७ का ३ पुरुष र ३ महिला गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक दुर्गादत्त जोशीले बताउनुभएको छ । यस्तै डिलाशैनि गाउँपालिका वडा नं ७ दुई वर्षीय बालीका र २४ वर्षीय महिला गरि २ जनामा संक्रमण देखिएको स्वास्थ्य संयोजक नवराज जोशीले जानकारिदिनुभएको छ ।

संक्रमण देखिएका सबै जना भारतबाट आएका बताइएको छ । उनिहरु घरमै होम आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थय कर्मिहरुले बताएका छन । मँगलबार ८ जनामा संक्रमण देखिए संगै बैतडीमा कोरोना संक्रमितको संङ्ख्या ३ सय ८३ पुगेको छ । आज थपिएका संक्रमित बाँहेक अन्य ३ सय ७५ जना कोरोना मुक्त भइसकेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.