आइतबार बैतडीका ५९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको सङख्या ९ सय नाघ्यो
बैतडी- जेठ ,२ गते/बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या ९ सय नाघेको छ । अहिले जिल्लामा कोरोनाका संक्रिय संक्रमितको सङख्या ९ सय १५ रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । सबैभन्दा बढी कोरानाका सक्रिय संक्रमित दशरथचन्द नगरपालिकामा ३ सय ७५ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा २ सय ८, पुर्चौडी नगरपालिकामा २४ , मैलौली नगरपालिकामा ५४ जना रहेका छन् ।
त्यस्तै सुर्नया गाउँपालिकामा ३७, पञ्चेश्वर गाउँपालिकामा ७०, सिगास गाउँपालिकामा ५०, दोगडाकेदार गाउँपालिकामा ३४ जना, शिवनाथमा ३० र डिलाशैनी गाउँपालिकामा १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै आइतबार बैतडीका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा जिल्लाका थप ५९ जनामा कोरोना पुष्टि भएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा जिल्लाको मेलौली नगरपालिकाका २७ जना, दशरथचन्द नगरपालिका७, शिवनाथ गाँउपालिकाका ११, डिलासैनी गाँउपालिकाका ५ जना रेहका छन् ।
यस्तै जिल्लाको पञ्चेश्वर गाँउपालिका ४ जना , सिगास गाँउपालिकाका ३, पाटन नगरपालिका र सुर्नया गाँउपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आइतबरानै झुलाघाट हेल्थ डेस्कमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ जना कोरोना पुष्टि भएको छ । एन्टीजेन गर्दा बझाङ्ग जिल्लाको बित्थडचिर गाँउपालिकाका १८ बर्षिय पुरुषमा संक्रमण देखिएको हो । आइतबार बैतडीका ६ जनाले कोरोना जितेका छन् । दोस्रो लहरको कोरोना फैलिएयता जिल्लामा ८ जनाको मृत्यु भइसकेको छ ।