पुग्ने भयो डिलाशैनीको मठैराजमा सडक, स्थानिय खुसीले गदगद

जनक साउद–बैतडी–जेठ ०२ / बैतडीको डिलाशैनी गाउँपालिका ४ मठैराज जोड्ने सडक खण्ड निर्माणले तिब्रता पाएको छ । भगौलिक बिकटताका कारण सडक सञ्जालले जोड्न नसकेको मठैराजसम्म अहिले गाउँपालिकाको लगानीमा सडक बिस्तार भईरहेको हो । वडा नम्बर ३ को दौखोला देखि वडा नम्बर ७ को लेकसम्म झण्डै ४ किलोमिटर सडक बिस्तारको काम सम्पन्न भएको सडक निर्माणको नेतृत्व गरीरहेका अभियान्ता महेश राज पन्तले बताएका छन । पंसेरा हुँदै दौखोलासम्म बर्षौ पहिले नै सडक बिस्तार भएको थियो ।

   स्थानिय युवाहरुको पहलमा जनश्रमदानमा बिस्तार गरिएको गोकुलेश्वर धामीगाउँ सडकखण्डलाई नै अगाडी बढाएर मठैराज जोड्ने योजना भए पनि धामीगाउँका स्थानियहरुको बिरोधका कारण अगाडी बढ्न नसकेको पन्तले बताएका छन । धामीगाउँका स्थानियले आफ्नो जग्गामा सडक बिस्तार गर्न नदिने भने चर्को बिरोध गरे पछि दौखोलाबाट सडक सञ्जाल बिस्तार गर्नु परेको उनको भनाई छ । धामीगाउँ–मठैराज सडकका लागी सुदुरपश्चिम प्रदेश सरकारले दिएको १० लाख पनी स्थानियहरुकै बिरोधका कारण फ्रिज जाने सम्भावना रहेको स्थानियहरुले बताएका छन । दौखोलादेखि बिस्तार भईरहेको सडकमा पनी वडा नम्बर ७ लेकका स्थानियले बिरोध गरेका थिए ।

     अहिले सहमती पश्चात तिब्र गतिमा काम भईरहेको सडक निर्माणको नेतृत्व गरीरहेका पन्तले बताएका छन । “गाउँपालिकाले मठैराज सम्म सडक बिस्तार गर्नुस, लगानी जति लाग्छ अन्तिममा दिन्छु भनेको छ । ”उनले भने । अब मठैराज सम्म जोड्न लगभग १० किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ । निकै बिकट मानिएको मठैराज सम्म सडक सञ्जाल बिस्तार हुने भए पछि त्यहाँ स्थानियहरुमा खुसीयाली छाएको छ । अहिले उक्त ठाउँका नागरिकहरुले मुख्य बजारको रुपमा रहेको गोकुलेश्वरसम्म पुग्न ६, ७ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तारले तिब्रता पाए पछि त्यो बाध्यताको अन्त्य हुँने अपेक्षा स्थानियहरुको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.