बैतडीका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

बैतडी–जेठ ०२/ शनिबार बैतडीका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पीसीआर बिधिबाट गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा पुर्चौडी नगरपालिकाका २ जना, सुर्नया गाउँपालिकाका १ जना र पाटन नगरपालिकाका २ जना रहेका छन । यो संगै बैतडीमा कोरोनका सक्रिय संक्रमित संख्या ८ सय ६३ पुगेको छ । नयाँ भेरियन्ट सहितको कोरोना देखिए पछि ७ जनाले भने ज्यान गुमाईसकेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.