बैतडीमा अक्सिजन आपुर्तीका लागी अभियान थालियो

जनक साउद– जेठ ०२ / बैतडीमा शनिबारबाट अक्सिजन आपुर्तीका लागी अभियान थालिएको छ । बिभिन्न समाजसेवीहरु ब्यक्तिहरुसगंको समन्वयमा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले अभियान थालेको हो । जिल्ला अस्पताल बैतडीमा अक्सिजनको चरम अभाव सिर्जना भए पछि निजि क्षेत्रको आर्थिक सहयोगमा अक्सिजनको आपुर्ती गर्ने उदेश्यले अभियान थालेको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष एबंम अभियान्ता बिनोद चन्दले जानकारी दिनुभएको छ ।

  दोस्रो लहरमा देखिएको कोरोना भाईरसका संक्रमितहरु थपिदै गए पछि जिल्ला अस्पातलमा बिरामीको उपचारका लागी समस्या भएको छ । अक्सिजन अभावमा थप बिरामीहरु भर्न गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै अक्सिजनको उपलब्धताका लागी अस्पताल आग्रह गर्दै आएको छ । अभियानबाट बिरामीको उपचारको लागी राहत पुगोस भन्ने उदेश्यले अक्सिजनको आपुर्तीका लागी पहल थालिएको अभियान्ता चन्दले बताएका छन ।

  अभियान थालनी गरिएको आज पहिलो दिनमै ७० हजार बढी संकलन भएको उहाँको भनाई छ । संकटको समयमा समस्या निवारणका लागी सक्दो सहयोग गर्न पनी अभियानले सबैमा आग्रह गरेको छ । सहयोग गर्न चाहनेहरुले ९८४८८९०१५५ सम्र्पक गर्न सक्नेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.