बैतडीमा लागुऔषध चरेश सहित दुईजना पक्राउ

बैतडी जेठ १/ प्रहरीले बैतडीमा लागुऔषध चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वर प्रहरीचौकीको टोलिले ७ सय ग्राम चरेश चरेश सहित दुई जना युवालाई पक्राउ गरेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा सुर्नया ५ रौलेश्वरका अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्ट रहेका छन् । गाउँपालिकाको वडा नं ६ शंकरपुरबाट सु प प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकलमा सुर्नया ५तर्फ आउँदै गरेको बेला चरेश सहित उनिहरुलाई रौलेश्वर प्रहरीचौकीको इन्ट्रीपोष्टबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । मोटरसाइकल सहित दुवै जना प्रहरीको नियन्त्रणमा छन् । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.