सतबाँझ प्रहरीको पहलमा जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर
सानु बोहरा वैशाख ३१-
बैतडीको सतबाँझ प्रहरी चौकीले जिल्ला अस्पतालाइ अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरायण प्रशाद अधिकारीकाे समन्वयमा सत्तबाँझ बजारबाट संकलन गरेर ६ ओटा अक्सिजन सिलिण्डर शुक्रबार जिल्ला अस्पताल पठाएको अस्थाइ प्रहरीचौकी सतबाँझका इन्चार्ज उपेन्द्र तिम्लिसेनाले जानकारी दिनुभयो ।
सतबाँझ बजारकै भण्डारी अटोसप्लायर्स र शुरेन्द्र धामिको निर्माणधिन वर्कशपबाट अक्सिजन सिलिण्डर संकलन गरेर जिल्ला अस्पताल बैतडी पठाएको उहाँको भनाई छ । जिल्ला अस्पतालमा अक्सिजन अभावले बिरामी छट्पटाइरहेका पीडादायि समाचार बाहिर आएपछि उपचारमा सहज होस भनेर ३ ओटा भरिएका र ३ ओटा खाली गरि ६ ओटा अक्सिजन सिलिण्डर संकलन गरेर पठाएको उहाँँले बताउनुभयो । हस्तान्त्रण गरिएका अक्सिजन सिलिण्डरले कोरोनाका बिरामीहरुलाई निकै राहत हुने विश्वास गरिएको छ । जिल्ला अस्पतालमा अक्सिजनको हाहाकार छ । जसका कारण कोरोनाका बिरामी समस्यामा परेका छन् ।