बैतडीमा अक्सिजनको चरम अभाव, बिरामी छट्पटाउदै, उच्चपदस्थ ब्यक्ति गुमनाम
यो महामारीको समयमा जिल्लाका लागी देखिने गरी माननिय ज्युहरुले कुनै काम गरेको देखिएको छैन ।
बैतडी–बैशाख ३१/ बैतडीमा अक्सिजन अभावमा कोरोनाका बिरामीहरुले ज्यान गुमाउनु पर्ने बाध्यता छ । पर्याप्त अक्सिजनको जोहो नहुँदा बिरामी छट्पटाई रहेका छन । अक्सिजन अभाव हुँदा बैतडीबाट गम्भीर बिरामी जिल्ला बाहिर रेफर गर्नुेपर्ने परिरहेको छ । अक्सिजनको अभाव भएको भन्दै अस्पतालले बिरामी जोगाउन मूस्कील छ भनि सकेको छ । तर पनि कसैले सुनेका छैनन् ।
सञ्चारमाध्यममा बैतडीमा अक्सिजनको हाहाकार भन्ने शिर्षकका समाचार छ्याप छ्याप्ती छापिए तर कसैलाई वास्ता छैन् । पद र पावरको कुरा गर्ने हो भने जिल्लामा १ जना संघिय सासद, दुई प्रदेश साँसद र एक जना प्रदेश मै मन्त्री छन् । मन्त्री र साँसदले चाहेपछि अक्सिजन अभाव हुने थियो र ? यो जनताहरुले अहिले गर्ने गरेको प्रश्न हो ।
समस्या परेका बेला अभिभाकत्व ग्रहण खोइ ? अक्सिजनको चरम अभाव भएको भन्ने विषयमा अहिले सम्म गम्भीर नदेखिएका साँसद र मन्त्री विरुद्ध खनिनु, निन्दा गर्नुेु स्वाभाविक होइन र ? जनताहरुले नै भन्ने गरेका हुन् । सांसद तथा मन्त्रीहरुको उहीँ एउटै रेडिमेट जवाफ आउने गरेको छ ।“ लागी परेका छौ। पहल गर्दछौ । ” तर यो महामारीको समयमा जिल्लाका लागी देखिने गरी माननिय ज्युहरुले कुनै काम गरेको देखिएको छैन ।
अन्य जिल्लाबाट निर्बाचित मन्त्री तथा सांसदहरुले ब्यक्तिगत लगानीमै अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरु उपलब्ध गराईरहेको हामीले सुनि रहेका छौ तर जिल्ला अस्पताल बैतडीलाई भने यहाँ बाट निर्बाचित कसैले पनी सहयोग गरेका छैनन् । नत सहयोग गर्छु भनेर अहिलेसम्म घोषणा नै गरेका छन् ।
नागरिकहरु अहिले “समस्यामा परेका बेला हामि छौ नडाउनुहोस, भयभित नबनौँ भन्ने ढाडस समेत दिन नजान्ने साँसद मन्त्रीहहरुको के काम ? मान्ने आधार के ” भन्दै रुष्ट भएका छन् । जननिर्वाचित व्यक्तीहरु नै नागरिकहरुको स्वास्थ्य प्रति जिम्मेवार नभएका भन्दै समाजिक सञ्जालमा बैतडीबाट निर्वाचित सांसदहरुको कटु आलोचना भइरहेको हो । जिल्लामा कोभिडका बिरामि बढ्दै गएका छन् । दोस्रो लहरका कारण जिल्लामा ७ जनाको ज्यान गइसकेको छ ।