बैतडीका थप १९ जनाले कोरोना जिते

बैतडी–बैशाख ३०/ बैतडीका थप १९  जनाले कोरोना जितेका छन । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिहिबार १९ जना कोरोना संक्रमीत संक्रमणमुक्त भएका हुन । पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएका १८ जना र एन्टीजेन बिधिबा गरिएको परीक्षणमा कोरोना भाईरसको संक्रमण पुष्टि भएका १ जना डिस्चार्ज भएका हुन । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुको रिर्पोट भने आउन बाँकी छ । आज एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा १ जनामा मात्रै कोरोना पुष्टि भएको छ । पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ४० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । जिल्लामा कोरोनाका सक्रिय संक्रमित ७ सय ३३ जना रहेका छन । अहिले सम्म ९ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाईसकेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.