दशरथचन्द नगरपालिका २ मा दश बेडको आइसोलेसन
वैशाख ३०-
बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ मा आइसोलेसन निर्माण गरिएको छ । वडा नं २ देहीमाडौँ स्थित निङ्गलाशैनी माविमा १० बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले सबै वडामा संस्थागत आइसोलेसन निर्माण गर्ने निर्णय गरेकाले सोहि निर्णय अनुसार वडा नं २ मा पनि आइसोलेसन निर्माण गरिएको अध्यक्ष बोहराले बताउनुभयो । नयाँ थपिने संकमितहरुका लागि अहिले १० बेडको आइसोलेसन निर्माण गरिएको र अवस्था हेरेर बेड थप गरिने उहाँको भनाई छ ।
दशरथचन्द नगरपालिकामा कोरोनाका संक्रमित बढ्दै गएपछि वडा वडामा आइसोलेसन बनाउने निर्णय भएको थियो । दशरथचन्द नगरपालिका वडा नं २ मा अहिले ८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । दोस्रोलहरको कोरोना फैलिएयता वडा नं २ का ९ जनामा कोरोना संक्रमण देखिएकोमा १ ज्नाले कोरोना जितिसकेका छन् भने अहिले ८ कोरोनाका सक्रिय संक्रमित रहेका हुन् ।