सतबाँझमा १५ वर्षपछि फल्यो स्याउ

बैतडी वैशाख ३०-
बैतडीको सतबाँझमा फेरि स्याउ फल्न थालेको छ। जलवायु परिवर्तनका कारण गएको १५ वर्ष यता स्याउ फल्न छोडेको सतबाँझमा फेरी स्याउ पल्न थालेको हो ।सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा गोल्डेन जातको स्याउ फल्न छोडेपछि अहिले होचो जातका स्याउ रोपेको र होचो जाातको स्याउ फलेको  सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले जानकारी दिनुभयो ।  स्याउ उत्पादनका हिसाबले परिचित  सतबाँझमा करिब १५ वर्षपछि स्याउ फलेकोउहाँले बताउनुभयो ।

उहाँका अनुसार सुख्खा फलफूल केन्द्रको नर्सरीमा करिब ८० ओटा होचोजातका बिरुवा रोपेकोमा अहिले ४५ बोटमा स्याउको फलेको छ। सुख्खा फलफूल विकास केन्द्रमा पहिला स्याउ फल्ने गरेको भएपनि जलवायु परिवर्तनका कारण गएको १५ वर्ष यता स्याउ फल्न छोडेको थियो।

गोल्डेन जातको स्याउ फल्न छोडेपछि सुख्खा फलफूल विकास केन्द्र सतबाँझले होचो जातका स्याउका बिरुवाहरु रोपेको थियो । पहिला जस्तो हिउँ पर्न छोडेपछि गोल्डेन जातको स्याउ फल्न छोडेको र होचो जातको स्याउ रोपेकोर र सो स्याउले फल दिन सुरु गरेको प्रमुख भाटले बताउनुभयो । सुख्खा फलफूल विकास केन्द्रमा स्याउको बारी विस्तारका लागि यो वर्ष १ सय ५० बोट होचो जातको स्याउ रोपिएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.