बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आउन कम्तिमा पनी २ महिना लाग्ने

जनक साउद–बैशाख २९/ जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आउन कम्तीमा पनी २ महिना लाग्ने भएको छ । अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले जिल्ला अस्पताल बैतडीलाई ८० लाख उपलब्ध गराए पनि सञ्चालनमा आउन भने समय लाग्ने भएको हो । टेन्डर प्रकृयाबाट उपकरणहरु खरिद गर्नु पर्ने भए पनि अहिलेसम्म टेन्डर आह्वान पनी गरिएको छैन ।

नयाँ भेरियन्ट सहितका कोभिडका बिरामीहरु थपिदै गए पछि जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भएको छ । अहिले ११ जना गम्भीर खालका कोभिडका बिरामीहरुको अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । अस्पतालसंग भएका अक्सिजन सिलिण्डहरु रित्तिदै गए पनि आपुर्ति गर्न सकिएको छैन । देशभरि नै अक्सिजनको अभाव भईरहेको अवस्थामा अक्सिजनको ब्यबस्थापन गर्न समस्या भएको जिल्ला अस्पताल ब्यबस्थापन समितिकी अध्यक्ष पार्बती भट्टले बताएकी छन् । ७ वटा खाली सिलिण्डरहरु भर्न आफु धनगढी पुगेको सुनाउदै उनले भनिन ।

“खाली सिलिण्डर भर्नको लागी सामाजिक बिकास मन्त्रालय लगायत बिभिन्न निकायहरुलाई गुहारि रहेकी छु तर अक्सिजनको आपुर्ति हुन सकेको छैन ।” अक्सिजनको अभावमा कोभिडका बिरामीहरुले दिन प्रतिदिन ज्यान गुमाउनु परिरहेको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहर शुरु भए यता बैतडीमा ७ जनाले ज्यान गुमाईसकेका छन । यो महामारीको समयमा अस्पताललाई अक्सिजन सिलिण्डहरु सहयोग गरेर बिरामीहरुको ज्यान बचाउन पनी जिल्ला अस्पताल बैतडीले सबैमा आग्रह गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.