बैतडीका थप ५७ जनामा कोरोना पुष्टि,११ जना निकोभए
बैशाख २८-
मंगलबार बैतडीका थप ५७ जनामा कोरोना पुष्टि भएको छ । एन्टीजेन र पिसीआर विधिबार परीक्षण गर्दा बैतडीका थप ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। एन्टीजेन विधिबार परीक्षण गर्दा २ जना र पिसीआर गर्दा ५५ गरि थप ५७ जनामा कोरोना देखिएको हो । दशरथचन्द नगपालिका वडा नं ५ का २५ वर्षिय पुरुष, पुर्चौडी नगरपालिका वडा नं ५का २९ वर्षिय पुरुषमा एन्टीजेन गर्दा कोरोना देखिएको छ । पिसीआर गर्दा दशरथचन्द नगरपालिकाका २५, सिगास गाउँपालिकाका २७, मैलौली नगरपालिकाका २ जना र डिलाशैनी गाउँपालिकाका १ जना गरि ५५ जनामा कोरोना देखिएको हो । मंगलबार थपिएका संगै बैतडीमा सक्रिय कोरोना संक्रमितको सङख्या ६ सय ४७ पुगेको छ । यसैगरि झुलाघाट नाकाको हेल्थ डेस्कमा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा बझाङका ३ जनामा कोरोना देखिएको छ । तिनै जना बझाङको बित्थडचिर गाउँपालिकाका रहेका छन् । यस्तै बैतडीमा ११ जनाले कोरोना जितेका छन् ।