भेरियन्टले बैतडीका नागरिक भयभित, मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीको आग्रह

बैतडी–बैशाख २८/ दोस्रो लहहरको कोरोनाले बैतडीका नागरिकहरु भयभित भएका छन् । भेरियन्ट नामक कोरोना प्रजातिको संक्रमणबाट अकालमै ज्यान जान थालेपछि गाउँघरमा त्रास फैलिएको छ । एक पछि अर्काे गर्दै कोरोनाले मानविय क्षति गर्न थालेपछि अहिले गाउँघरमा त्रास फैलिएको हो । संक्रमण देखिएको केहि दिनमै मान्छेहरु मर्न थालेपछि नागरिकहरु झन चिन्तीत देखिएका छन् । संक्रमण लागेका भन्दा संक्रमणनै नदेखिएका नागरिकहरु कोरोनाले मानविय क्षती गर्न थालेपछि डराएका हुन् । यता डाक्टर तथा स्वास्थ्यकर्मीहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर कोरोनालाई परास्त गर्न सकिने बताएका छन् । सरकारले लागु गरेका मापदण्ड पालना गरेर सुरक्षित बसे कोरोनाको संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ । यस्तै स्वास्थ्यकमीर्हरुले नागरिकहरुलाई कोरोना भाइरसबाट भयभित नभइ आत्मबल बढाएर सुरक्षित रहन आग्रह गरेका छन । कोरोनाको जस्तो लक्षण देखापरे वा आसंका लागेमा स्वास्थ्यकर्मीहरुको परामर्श लिनुपर्ने र सोहि परामर्श अनुसार रहन सकेमा कोरोना संक्रमणबाट जोगिन सकिने डाक्टरहरुको भनाई छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना, मास्कको प्रयोग, समाजिक दुरि कायम, व्यक्तीगत सरसफाइ र खानपानमा लगायतका कुरामा ध्यान दिए कोरोना नलाग्ने स्वास्थ्यविदहरुले बताएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.