सोमबार बैतडीमा १४ जना संक्रमण मुक्त, ६ जनामा संक्रमण, १ को मृत्यु
बैशाख २७-
बैतडीमा कोरोना संक्रमण मुक्त हुनेको सङख्या पनि बढ्दै गएको छ । सोमबार बैतडीका १४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार १४ जना कोरोना जितेर सोमबार डिस्चार्ज भएका हुन् । यस्तै सोमबार थप ६ जनामा कोरोना पुस्टि भएको छ । पिसिआर विधिबाट गरिएको परीक्षणमा २ जना र एन्टीजेनबाट परीक्षण गर्दा ४ गरि सोमबार ६ जनामा कोरोना देखिएको हो ।
पिसीआरबाट पुस्टि हुनेमा पाटन नगरपालिकाका २ जना रहेका छन् । यस्तै एन्टीजेनबाट परिक्षण गर्दा दशरथचन्द नगरपालिकाका २ जना, डिलाशैनी गाउँपालिकाका १ जना, पञ्चेश्वर गाउँपालिकाका १ जना गरी ४ जनामा संक्रमण देखिएको हो । त्यसैगरी झुलाघाट नाकाको हेल्थ डेस्कमा एन्टीजेन बिधिबाट परिक्षण गर्दा बझाँङका दुई जनामा समेत कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा अब कोरोनाका सक्रिय संक्रमित ५ सय ९९ जना रहेका छन । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २ सय ८५ जना सक्रिय कोरोनाका संक्रमित छन् । यस्तै पाटन नगरपालिकामा १ सय २४ जना, पञ्चेश्वर गाउँपालिकामा ६७, पुर्चौडी नगरपालिकामा ३२, मेलौली नगरपालिकामा २५, सुर्नया गाउँपालिकामा २२ , शिबनाथ गाउँपालिकामा १९ , दोगडाकेदार गाउँपालिकामा १५, सिगास गाउँपालिकामा ९ जना र डिलाशैनी गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् । यस्तै सोमबार बैतडीमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ५ का ६२ बर्षीय महिला रहेकी छिन् । यही वैशाख २३ गते अस्पतालमा भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोर्टमा उपचार गराईरहेकी ती महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । यो संगै बैतडीमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ८ पुगेको छ ।