
बैतडीमा कोरोनाका सक्रिय संक्रमित ६ सय बढी, धेरै संक्रमित घरमै
बैशाख २७ गते – बैतडीका कोरोना संक्रमितहरु होम आइसोलेसनमै रहेका पाइएको छ । कोरोनाकाे दोस्रोलहर फैलियता संक्रमण पुष्टि भएका धेरै जसो संक्रमित नागरिकहरु अहिले होम आइसोलेसनमै रहेका पाइएको हो ।
बैतडीमा ६ सय भन्दा बढी कोरोना सक्रिय संक्रमित छन तर १ सय १५ जना मात्रै संस्थागत आइसोलेसनमा छन बाँकी सबैजना होमआइसोलेसनमा बसेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लामा ६ सय ६ जना सक्रिय संक्रमित छन तिमध्ये १ स १५ जना अस्पताल र संस्थागत आइसोलेसनमा छन बाँकी सबै जना होम आइसोलेसनमा बसेका हुन् ।
यहाँँका स्थानीयतहरुले वडातहमा आइसोलेसन निर्माण गर्न नसक्दा संक्रमितहरु घरमै बस्न बाध्य छन् । प्रथम चरणको कोरोना लहर फैलिएका बेला संस्थागत क्वारिन्टाइन निर्माण गरेर व्यवस्थापन गर्न जुटेका स्थानीयतहरुले अहिले भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आइसोलेसन निर्माण नै गर्न सकेका छैनन् ।यता दशरथचन्द नगरपालिकाले भने प्रत्येक वडामा आइसोलेसन निर्माण गर्ने निर्णय गरेको बताएको छ ।संक्रमणकाे अवस्था हेरेर वडा भित्रका विद्यालयहरुमा आइसोलेसन निर्माण गरिने नगर उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो । पाटन नगरपालिकाले पनि वडातहमै आइसोलेसनको निर्माणकाे तयारि भएको जनाएको छ ।
बैतडीको स्थानीयतहका प्रमुख तथा उपप्रमुखहरु संक्रमितहरुले घरमै बस्छौ भनेपछि नगरिएको बताउने गरेका छन् । यसरि संक्रमित नागरिकहरुले जे भन्यो उहाँहरुले नै भनेको मानेर स्थानीय सरकारले बस्ने हो र संक्रमितहरुको व्यवस्थापनका लागि उचित किसिमको प्रबन्ध नगर्ने हो भने माहामारिले अनपेक्षित क्षति हुने देखिन्छ ।
अहिले कोरोनाको नयाँ प्रजाती भेरियन्टबाट मृत्युदर दिनप्रतिदिन तीब्र बढीरहेका बेला स्थानीय सरकारको हेलचेक्र्याँइ र बेखबरिलोपनाले ठुलो विपत्ति आइलाग्ने स्थानीय नागरिकरुको भनाई छ । बैतडीमा कोरोनाका बीरामी बढ्दै गएका छन् । बैतडीमा काेराेनाका कारणा ७ जनाको मृत्यु भइसकेको छ । दशरथचन्द नरगपालिका र पाटन नगरपालिकामा सबै भन्दा बढी संक्रमित रहेका छन् ।