दशरथचन्द नगरपालिकाका ५४ सहित बैतडीमा थप ६७ जनामा कोरोना पुष्टि

बैतडी–बैशाख २६/ आज बैतडीमा थप ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६१ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका ५४ जना रहेका छन । यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिकाका २÷२ जना र दोगडाकेदार गाउँपालिकाका ३ जना रहेका छन । यस्तै सिमानाका झुलाघाटको हेल्थ डेस्कमा गरिएको एन्टीजेन परीक्षणमा सुर्नया गाउँपालिका वडा नम्बर ८ का २ जना पुरुष र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का ३ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै डोटीको आर्दश गाउँपालिका ६ का १ जना पुरुषमा समेत एन्टीजेन पोजेटिभ देखिएको हो । यो संगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ६ पुगेको छ । जसमा पिसिआर बिधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ५ सय ४६ जना र एन्टीजेन बिधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ६० जना रहेका छन । बैतडीमा अहिलेसम्म कोरोनाका कारण ७ जनाको मृत्यु भईसकेको छ । आईतबार थप ४ जनाले कोरोना जितेका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.