डिलाशैनी गाउँपालिकाका सबै गाडी कोरोना नियन्त्रण प्रयोजनमा प्रयोग हुने

बैतडी–बैशाख २६ / बैतडीको डिलाशैनी गाउँपालिकाले पनी अध्यक्ष, उपाध्यक्षले चढ्ने तथा कार्यालयले अन्य प्रयोजनमा प्रयोग गर्दै आएका गाडीहरु कोरोनाका नियन्त्रण कार्यका लागी प्रयोग गर्ने भएको छ । गाउँपालिकाले आईतबार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । डिलाशैनी गाउँपालिकामा पनी नयाँ भेरियन्ट सहितका कोरोनाका संक्रमितहरु दिन प्रतिदिन थपिँदै गएकाले गाउँपालिकाको एम्बुलेन्ससंगै थप २ वटा जीपहरु कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सम्भाबित जोखिमलाई मध्यनजर गर्दै थप २ वटा जीप तयारी अवस्थामा राखेको र कोरोनाका जटिल खालका बिरामीहरुलाई अस्पताल सम्म पुगाउन तथा कोरोना रोकथामसंग सम्बन्धित जुनसुकै कार्यका लागी पनी गाडीहरु प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.