बैतडीः मेलौलीमा सरसफाई सामाग्री बितरण

जनक साउद,भदौ ३०/  नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाले बैतडीको मेलौली नगरपालिकामा सरसफाईका सामाग्री बितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ८ मा टुटी र ढक्कन सहितको बाल्टिन र साबुन प्रति घरधुरी ४ थानका दरले बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सामाजिक परिचालक शम्भु सिह बिष्टले जानकारी दिनुभएको छ । जिल्ला शाखाबाट संचालन भई रहेको पश्चिम विपद पूर्बतयारी परियोजना मार्फत समुदायमा कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथामका लागि स्वच्छता प्रबर्द्धन तथा प्रत्येक घरधुरीमा साबुन पानीले हातधुने सुबिधा उपलब्ध गराउन सो टोलका २० परिवारलाई उक्त सामाग्री बितरण गरिएको उहाले जानकारी दिनुभयो । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भौतिक दुरि कायम गरेर सामाग्रीहरु बितरण गरेको बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.