बैतडीको मेलौली नगरपालिका २ सिल , एक टोलबाट अर्काे टोल जान नपाइने

बैतडी– बैशाख २५

कोरोना संक्रमितको मृत्यु भएपछि बैतडीको मैलौली नगरपालिका वडा नं. २ सिल गरिएको छ । शनिबार वडामा बसेको विपद  व्यवस्थापन समितिको बैठकले वैशाख २५ देखि जेठ २ गते सम्म सिल गर्ने निर्णय गरेको वडा अध्यक्ष महेन्द्र बहादुर चन्दले जानकारी दिुनभयो ।

वडाको सेलि , लिफोडा टोलमा कोरोना संक्रमितहरु देखिएकाले एक टोल बाट अर्कोे टोलमा जान समेत रोक लगाएको उहाँले बताउनुभयो । वडाका केही टोलमा ज्वरो, रुघा खोकी लगायतका लक्षण सहितका बिरामी बढ्न थालेपछि वडाभित्रकै टोलहरुमा आवतजावत बन्द गरिएको वडा नं २ को कार्यालयले जनाएको छ । शनिबार देखि जेठ २ गते सम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा समेत बन्द गरिएको उहाँले बताउनुभयो।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि यस्तो निर्णय गरिएको वडाअध्यक्ष चन्दले बताउनुभयो । कोरोनाको संक्रमण अनपेक्षीत रुपमा बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि सुरक्षीत भएर बस्न सबै वडाबासीलाई आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.