कोरोना संक्रमणबाट दोगडाकेदार घर भएका जोशीको धनगढीमा मृत्यु
बैतडी–बैशाख २५/ बैतडीको दोगडाकेदार गाउँपालिका १ रिम भातडा घर भएका आयुर्वेदिक स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमण पश्चात सेती प्रादेशिक अस्पताल धनगढी उपचारारत उनको शनिबार बिहान मृत्यु भएको हो । सेतीमा बिरामीको अत्याधिक चाप भएका कारण अक्सिजन नै नपाएर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेका थिए । मृतक जोशीका श्रीमती, एक छोरा र एक छोरी रहेको बताईएको छ ।