बैतडीका मनकारी चाड, बिदेशमा कमाएको पैसाले स्वदेशमा समाजसेवा

प्रदेशमा दुःख गरी कमाएको पैसाले घर, जग्गा र अन्य भौतिक सम्पतीहरु जोड्ने जो कोहीको आशा हुन्छ तर बैतडीको शिवनाथ गाउँपालिका १ गनाका करिब ४१ बर्षिय बलदेव सिँह चाडलाई भने त्यस्तो चाहना छैन ।

       उनी बिगत १५ बर्ष देखि दुवैमा पसिना बगाउँदै छन । त्यही पसिना बगाएर गरेको कमाईले चाडले नेपालका स्वदेशमा समाजसेवा गर्दै छन । बिंसं २०३६ सालमा जन्मिएका चाडको आफ्नो स्वदेशी भुमीमै कर्म गरी समाजमा सेवा गर्ने मन भएपनि बाध्यताले उनी प्रदेशिएका छन ।

  औपचारिक रुपमा चाडले गाउँकै स्कुलमा ३ कक्षासम्म मात्र पढेका छन । पढ्ने मन भएर पनी बिबिध चुनौतीका कारण उनले धेरै पढ्न पाएनन । तर उनको समाजको लागी केही गर्नु पर्छ भन्ने उनको बिचारलाई पढाईले फिटिक्कै प्रभाव पारेन । चाडँले बिदेशमा बसेर बिभिन्न समयमा गरिब दीन दुःखी, असाहय, टुहुरा तथा साहरा बिहिनको लागी आर्थिक सहयोग गर्दै आएका छन ।

यस्तै आर्थिक अभावमा उपचार गराउनबाट वञ्चित भएका तथा दुर्घटनामा परी ज्यान गुमाउनेका परिवार तथा घाईतेहरुलाई उनले सहयोग गर्दै आएका छन । उनले केही दिन अगाडी मात्रै पञ्चेश्वरको रोडीदेवलमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई ५ हजारका दरले आर्थिक सहयोग गरेका छन । आलो घाउमा थोरै हदसम्म भए पनि मलम पट्टी पुगोस भनेर ह्दयबिदारक जीप र्दुघटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई सहयोग गरेको चाडको भनाई छ ।

यस्तै गत बर्ष कोभिडको समयमा पनी संक्रमण रोकथाम तथा नियन्त्रणका लागी आफ्नो गृह पालिका शिवनाथ गाउँपालिकालाई पनी उनले आर्थिक सहयोग गरेका बताएछन । यस्तै उनले अन्य सामाजिक काममा पनी अग्रसरता देखाउँदै सहयोग गर्दै आएका छन ।

“मानिसले कमजोर, गरिब, असहाय र दीन दुखीहरुको कहिले पनि मजाक उडाउनु हुदैन। कसको भाग्य कतिखेर बदलिन्छ थाहा हुदैन। गरिबले आफूलाई दिएको गाँस र लाएको वचन कहिले पनि बिर्सदैन ।” भन्ने चाडको बुझाई छ ।

                                           यो समाचार मुलक कथा पत्रकार मोहन चन्दको सहयोगमा लेखिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.