विश्व रेडक्रस दिवसः बैतडीमा सुरक्षाकर्मीलाई ग्लोब्ज र मास्क वितरण 

बैतडी वैशाख २५ – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीले सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री  वितरण गरेको  छ ।  विश्व रेडक्रस दिवसको  अवसर  पारेर नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मास्क र ग्लोब्ज वितरण गरिएको  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीका लेखापाल  दिनेश प्रशाद जोशीले जानकारी दिनुभयो ।

विश्व रेडक्रस दिवसको अवसर पारेर महामारिको बेला बजारका चोक चोकमा जनताको सुरक्षामा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरी कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको उहाँँले बताउनुभयो । युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीद्वारा  सञ्चालित कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम मार्फत स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीले जनाएको छ ।

May be an image of one or more people, people standing, motorcycle and road

आज शनिबार  रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको १९०औं जन्मदिवस । यसै अवसरमा विश्व स्तरमामनाइदै आएको विश्व रेडक्रस दिवस, मे ८ नेपालमा पनि “रेडक्रस : सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ  विविध गतिविधिको आयोजना गरी मनाईंदैछ । बैतडीमा विश्व रेडक्रस दिवसको  अवसरमा  कोरोना महामारी फैलिएका बेला अग्रमोर्चामा खटिएर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई वितरण गरिएकाे जनाउदै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीले  वितरण गरिएका  स्वास्थ्य सुरक्षाका सामाग्रीले  संक्रमणबाट जोगिन सुरक्षाकर्मीहरुलाई मदत मिल्ने अपेक्षा गरिएकाे  बताउनुभयाे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.