दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन बिरामी बोक्न प्रयोग गरिने

जनक साउद–बैतडी–बैशाख/  बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालय प्रयोजनका लागी प्रयोग गर्दै आएका सवारी साधनहरु कोरोनाको संक्रमण नियन्त्रणका लागी प्रयोग गर्ने भएको छ । दोगडाकेदार गाउँपालिकामा पनी नयाँ भेरियन्ट सहितका कोरोना संक्रमितहरु थपिदै गएकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षले चढ्ने एंबम कार्यालयका अन्य कार्यका लागी प्रयोग हुँदै आएका सवारी साधनहरुलाई कोरोना संक्रमणका नियन्त्रणका लागी प्रयोग गरिने भएको हो ।

अब कोरोनाका जटिल खालका बिरामीहरुलाई समयमै अस्पतालसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ । गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स रहेकाले समस्या निम्तन सक्ने भन्दै गाउँपालिकासंग भएका अन्य सवारी साधनहरु समेत प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको सु प प्र ०१ ००१ झ ४३१ नम्बरको एम्बुलेन्ससंगै सु प प्र ०१ ००१ झ ४१३ नम्बरको बोलेरो जीप, सु प प्र ०१ ००१ झ ४३० नम्बरको कार र सु प प्र ०१ ००१ ग १५१ नम्बरको टिपर पनी कोरोनाका बिरामी ओसार्न प्रयोग गरिने उहाँको भनाई छ । पालिकाबासीहरुले आबश्यकता अनुसार यी सवारी साधनहरुको प्रयोग गर्न सक्ने गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको समयमा गाउँपालिकाले गरेको सराहनीय कार्यको गाउँपालिकाबासीहरुले खुलेर प्रसंसा गरेका छन ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.