कोरोनाबाट बैतडीका थप एक जनाको मृत्यु

बैतडी वैशाख २५-
बैतडीमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाबाट मैलौलीका ५८ वर्षिय पुरुषको मृत्यु भएको हो। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका २ का ५८ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । यही वैशाख २३ गते राती जिल्ला अस्पतालमा आएका उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोर्टमा उपचार भईरहेको उनको शनिबार बिहान मृत्यु भएको हो । कोरोनको दोस्रोलहर फैलिएयता बैतडीमा ४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.