कोरोना संक्रमणबाट पाटनका थप १ जनाको मृत्यु
बैतडी–बैशाख २४/ कोरोना भाईरसको संक्रमणबाट बैतडीका थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बैतडीमा उपचार सम्भब नभए पछि धनगढी रेफर गरिएका जिल्लाको पाटन नगरपालिका ४ का ४२ बर्षिय पुरुषको बाटो मै मृत्यु भएको हो । वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिए पछि आज बिहान धनगढी रेफर गरिएको थियो । धनगढी लैजादै गर्दा उनको अनारखोलीमा मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जानकारी दिएको छ । यस अघि बुधबार मात्रै पाटन नगरपालिका १ का ४४ बर्षिय शिक्षकको पनी कोरोनाका कारण मृत्यु भएको थियो । यो संगै बैतडीका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।